दिप को संसार

We provide what you want

कहिले आउला त्यो दिन ?

रमण घिमिरे
‘कलाकार भनेका राष्ट्रका पहिचान हुन्’ । यो उक्तिलाई हरेक राष्ट्रले स्वीकार्छ । कलाकार भनेका सेलिब्रेटी हुन्, उनीहरूलाई सारा राष्ट्रले चिन्छ र स्वीकार्छ । त्यसैले यी राष्ट्रका परचिय हुन् भनिन्छ । हामीकहाँ पनि राजेश हमाल या रामकृष्ण ढकालले बोलेका कुरामा मानिसले जति विश्वास गर्छन्, नेताहरूले दिएका आश्वासनमा सायद त्यति गर्दैनन् । किरण मानन्धर र रेखा थापाको कलाकारतिामा डुबेर मानिसले जति उत्साह प्राप्त गर्छन्, त्यति सायद नेताको भाषण सुन्ने काममा गर्दैनन् ।
तर, यी प्रतिभालाई आज राष्ट्रले सही अर्थमा उपयोग गर्न सकेको छैन । जब देशमा प्राकृतिक प्रकोप हुन्छ अनि मात्र देशले उनीहरूलाई सम्भिmन्छ । वास्तवमा उनीहरूलाई राष्ट्रले आजसम्म नौटंकी गर्ने भनेर मात्र चिन्यो, देशको प्रतिष्ठा र इज्जत बढाउने भनेर कहिल्यै सम्भिmएन । त्यसैले आज धेरै कलाकारहरू कलाबाट बाहिरनिेबित्तिकै यस देशमा बिलाएर जानुपर्ने स्थितिमा पुगेका छन् ।
नारायणगोपाल, तारादेवी दोहोर्‍याएर जन्माउन सक्छ राष्ट्रले  ? नारायणगोपाल र तारादेवी त अब हामीमाझ छैनन् । तर, भएका कलाकारहरूलाई उचित स्थानमा उपयुक्त काम दिएर उनीहरूले आर्जेको प्रतिष्ठालाई किन संरक्षण गर्न सक्दैन ?
आफ्नो क्षेत्रबाट टाढिनासाथ नेपालका सबै कलाकार ओझेलमा पर्छन् । सरकार या राज्यले उनीहरूको समस्या र प्रतिकूलता बुझ्नु त परै जाओस्, उनीहरूले गर्न सक्ने काममा सम्भिmने धृष्टता पनि गर्दैन । एउटा युग हाँक्ने अनेकौँ कलाकार जीवितै छन् तर ती अहिले कहाँ छन्, के गर्दैछन् ? राज्यलाई के वास्ता ? यस्ता प्रतिभाहरूलाई कसैले जन्माउन सक्तैनन् । यी त एकजुगमा एक दिन एकचोटि जन्मिने प्रतिभा हुन् । तर, राष्ट्रले यिनलाई बचाउन त सक्छ, यिनलाई उचित अवसरहरूको खोजी गरििदएर संरक्षण त गर्न सक्छ ।
तर, कुर्सीमा पुगेपछि सरकार भनिने हरेक प्राणी भूपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे भइदिन्छ । उसले न केही देख्छ, न सुन्छ । त्यो कुर्सीमा पुगेपछि आफूले हिँडेर आएको बाटोतिर मात्र नियाल्ने कोसिस गर्‍यो भने सायद यस कुराले अर्थ पाउँथ्यो ।
एउटा कलाकारले गरेको विज्ञापन सुनेर या हेरेर त्यसको बजार जति सपि्रन्छ, अर्को कुनै मानिसबाट त्यो सम्भव हुँदैन । भलै यसका लागि त्यो कलाकारले पारश्रिमिक पाउँछ, यो बेग्लै कुरा हो । उसको पहिचान राष्ट्रमा छुट्टै र महत्त्वपूर्ण भएरै यसो भएको हो । अन्य देशहरूमा यस्ता कलाकारलाई राष्ट्रले उपयुक्त स्थान दिएर बचाएको हुन्छ । हामीकहाँ यो प्रचलन पनि छैन ।
हुन त कलाकार पनि आफैँमा दूधले धोएजस्तो चोखो र पवित्र हुन सकेनन् । उनीहरूले आफ्नो प्रतिभा बिक्री हुन्जेल कसैलाई सम्भ“mदैनन् । स्वाभाविक हो । कामको चापमा परेपछि अरूतिर चिहाउने कोसिस व्यावसायिक धर्मले दिँदैन पनि होला । तर, अर्काले तातो नलाएसम्म आफ्नै विवेक र धर्मले केही गरौँ राष्ट्रका लागि भन्ने सोच उनीहरूमा आउन सकेन । कसैले केही लगाओस् र गरौँला भन्ने आदेशी स्वभावमा हुर्केकाले यसो भएको हो । तर पनि कलाकार भनेका राष्ट्रका गहना मात्र होइनन्, त्यो राष्ट्रको कीर्ति फैलाउने दूत पनि हुन् । उनीहरू राष्ट्रका लागि खालि प्राकृतिक प्रकोपमा जनतामाझ गएर उद्धारका लागि टोकरी थाप्ने जीव मात्र होइनन् । उनीहरू वाणीमा असीमित शक्ति भएका निधि पनि हुन् । त्यसैले त टोकरी थाप्दा जनताले पैसाको वषर्ा गर्छन् । दया गरेर होइन, माया गरेर जनताले उनीहरूको मान राखेका हुन् ।
तर, राष्ट्रले उनीहरूलाई कहिल्यै सम्मान गर्न जानेन, माया गर्न जानेन । ठूलठूला भाषण गरेर सत्ताको कुर्सीमा विराजमान हुनेहरूले यी कलाकारहरूलाई हृदयदेखि सम्मान गर्न सके कलाकार साँच्ची नै राष्ट्रका पहिचान हुने थिए । तर, कहिले आउला त्यो दिन ?

एक उत्तर दें

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदले )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदले )

Connecting to %s

 
%d bloggers like this: