दिप को संसार

We provide what you want

आनीको किताब आठ भाषामा

Posted by dipakt पर अक्टूबर 23, 2009

NEPAL-NUN/ गिरीश गिरी, काठमाडौं, भदौ ३०- मुलुक अशान्तिको चपेटामै रुमल्लिएको बेला एउटी नेपाली भिक्षुणीको जीवनीमा आधारित किताब यतिबेला थुप्रै मुलुकमा चर्चित छ। बौद्ध गायिका आनी छोइङ डोल्माको जीवनीमा आधारित पुस्तकले प्रकाशनको डेढ वर्ष नपुग्दै विश्वका आठ फरक भाषामा छापिने मौका पाइसकेको छ।

पहिलो पटक फ्रान्सबाट प्रकाशित ‘मा भ्वइक्स पोर ला लिबर्टी (स्वतन्त्रताका लागि मेरो आवाज)’ लाई थप चारवटा भाषामा छाप्ने अनुमति यसको मूल प्रकाशक ओह एडिसन्सले दिइसकेको छ।

पुस्तक अहिलेसम्म फ्रान्सबाहेक, जर्मनी, इटली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड, ब्राजिल र अष्ट्रेलियाबाट प्रकाशन भइसकेको छ। त्यसबाहेक स्लोभेनिया, रुस, बेलायत, पोल्याण्ड र नेपालले पनि यसको प्रकाशनको अनुमति लिइसकेको छ। फरक भाषाका पुस्तकमध्ये केहीमा शीर्षक पनि फरक राखिएका छन्। अंग्रेजीमा छापिएको पुस्तकको शीर्षकको अर्थ ‘स्वतन्त्रताका लागि गीत’ छ भने जर्मनी भाषामा ‘प्रत्येक गीत स्वतन्त्रताका लागि।’

दुई सय ५६ पृष्ठमा फ्रान्सेली भाषाको पुस्तक पहिलोपटक गत वर्ष अप्रिलमा बजारमा आएको थियो। ’फ्रान्समा यो पुस्तक छापिएको महिना दिनमै ३० हजार प्रतिभन्दा बढी बिक्री भएको बताइएको थियो,’ केही दिनअघि मात्र युरोप भ्रमणबाट फर्किएकी ड्रोल्माले नागरिकलाई भनिन्, ‘भर्खरै छापिएको जर्मनीमा यो पुस्तक अहिले ‘बेस्ट सेलर’ को सूचीमा रहेको मलाइ केही बिक्रेताहरूले सुनाए।’

पुस्तक तयार पार्ने बेलामा ड्रोल्मालाई प्रकाशकले ४० हजार युरो दिएका थिए। त्यसमध्ये आधा रकम आमाको स्मृतिमा मृगौला रोग उपचार केन्द्र स्थापनाका निम्ति लगाउने निधो उनले गरेकी थिइन्।

‘त्यसमा करवापतको रकम काटेर १६ लाख रुपैयाँ पोहोरै नेसनल किड्नी सेन्टरलाई बुझाइसकेकी छुँ,’ डोल्मा सोमबार नागरिकलाई भनिन्, ‘अब केही दिनमै मृगौला उपचारका क्षेत्रमा अझ ठूलो उपलब्धीको समाचार सार्वजनिक गर्न लागेकी छुँ।’

जीवनी पुस्तकमा उनले आफ्नी आमाको मृगौला रोगका कारण दयनीय अवस्थाको वर्णन गरेकी छिन्। स्वदेशमै राम्रो उपचारको व्यवस्था नभएका कारण यो रोगका बिरामी र आफन्तले भोग्नु पर्ने सास्तीको उल्लेख गर्दै आमाकै दुःख देखेर व्यवस्थित उपचार केन्द्र खोल्ने निधोमा पुगेको पुस्तकको अन्तिम खण्डमा उनले बताएकी छिन्।

‘त्यसैका आधारमा मलाई थुप्रै मुलुकबाट सहयोगको आश्वासन आइसकेको छ,’ ड्रोल्माले भनिन्, …शनिबार मात्रै अष्ट्रेलियाबाट एक पाठकले सहयोगको वचन दिँदै इमेल पठाएका थिए।’

पुस्तक प्रकाशित भएपछि विदेश जाँदा पहिलेभन्दा निकै अन्तर महशुस गर्न थालेको ड्रोल्माले बताइन्। ‘पहिले कार्यक्रम स्थलमा मात्र प्रशंसक भेटिन्थे,’ उनी भन्छिन्, …आजभोलि सार्वजनिक स्थलहरूमा समेत आफूलाई मन पराउने भेटिन थालेका छन्।’ शान्तिका निम्ति वौद्ध गीत सुनाएर जम्मा पारेको श्रोताभन्दा पाठकहरूको घेराले गर्ने सम्मान अझ गहन महसुस हुने गरेको समेत उनले सुनाइन्। ‘कतिपयले आफ्नो जीवनसँग समेत मेरा भोगाइ जोडेर प्रेरकजस्तो सम्मान गरिदिन्छन्,’ उनी भन्छिन्, ‘किताबले मलाई बेग्लै ठाउँ दिन थालेको महसुस भइरहेको छ।’

डोल्माका अनुसार उनले पुस्तकको प्रकाशकबाट पहिलो प्रकाशनयता रोयल्टीबापत थप ९ हजार युरोसमेत पाइसकेकी छिन्। आफ्नो जानकारीमा कुनै पनि नेपाली यति फराकिलो पाठक घेरामा पुगेको यो नै पहिलोपटक भएको आख्यानकार ध्रुवचन्द्र गौतम बताउँछन्। ‘यो ठूलो घटनाको शुभारम्भ हो,’ साझा प्रकाशनका महाप्रवन्धक समेत रहिसकेका गौतम भन्छन्, ‘यसले खोल्ने बाटोले आउने समयका लागि धेरै सम्भावनाको संकेत पनि गर्छ।’

एक उत्तर दें

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदले )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदले )

Connecting to %s

 
%d bloggers like this: