दिप को संसार

We provide what you want

  • श्रीमद भागवद गीता

  • Photo of the Day

  • RSS www.bbc.co.uk/nepali

  • Watch Kantipur TV online

  • Nepal Online Shop

    Online Shopping
  • Cybersansar.com

    CyberSansar
  • Nepali Tube

    Nepali  Tube
  • Kantipur FM

  • …………………………


    Kamana
  • …………………………

  • Watch videos at Vodpod and other videos from this collection.
  • Flickr Photos

    daydreams

    Nature's Spectrum

    Swing in Pink

    Monarch Proyect

    Daemn

    More Photos
  • Page hits

    • 30,164 hits
  • Important Number of Nepal

    Jaru ri number

‘रोगको भण्डार हो, भुँडी’

Posted by dipakt on सितम्बर 20, 2010

भुँडीको भारी

मासु र मिठाई भनेपछि मरिहत्ते गर्नुहुन्छ ? खान थालेपछि पेट नचर्केसम्म उठ्नुहुन्न ? बिहान अबेरसम्म सुत्नुहुन्छ र व्यायाम पनि गर्नुहुन्न ? यस्तो दैनिकीमा अभ्यस्त हुनुहुन्छ भने ठोकुवाका साथ भन्न सकिन्छ, तपाईंको भुँडी बढ्दैछ ।

यदि भातप्रेमी हुनुहुन्छ, आलुका परिकारमा र्‍याल चुहाउनुहुन्छ, पानीको सट्टा कोलडि्रङ्समा रमाउनुहुन्छ, फास्टफुडलाई सजिलो र स्वादिलो मान्नुहुन्छ । यति भएर पनि व्यायामदेखि तर्सनुहुन्छ भने अनुमान लगाउन गाह्रो छैन, तपाईं भुँडे नै हुनुहुन्छ ।

मान्छेको भुँडी कसरी बढ्छ ? प्रश्न खस्न नपाउँदै मोटोपन घटाउन सघाउन खोलिएका हेल्थ क्लबका परामर्शदाताहरूले एक सासमा यति कुरा भनिसिध्याउँछन्। चिकित्सक, योग शिक्षक र फिटनेस शिक्षक पनि यस्तै तर्क गर्छन्। फलानो चीज खाने वा नखाने, यसो गर्ने वा नगर्ने भन्ने सल्लाह पनि दिन्छन्। एक घन्टादेखि दुई घन्टासम्म व्यायाम गर्ने, आठ घन्टा अनिवार्य सुत्ने, पानी प्रसस्त पिउने, भात खानेबित्तिकै पानी नपिउने वा नसुत्ने। यस्ता निर्देशन दिन पनि उनीहरू चुक्दैनन्। अनुभव वा किताबी ज्ञानले नै किन नहोस्, उनीहरूका उपदेश चिकित्साशास्त्र अनुकूलचाहिँ छन्। यस्तै सल्लाहबमोजिम सहरका गल्ली, चोक, चौर र सडकपेटीमा एकाबिहानै भुँडी हल्लाउँदै दौडिनेदेखि व्यायाम केन्द्रमा धाउनेहरूको ताँती पनि देखिन्छ।

मुक्त हुने प्रयासमा

साहित्यकार भैरव अर्यालले आफ्नो व्यंग्य लेखमा भुँडीको वर्गीकरण नै गरििदए। घ्याम्पे भुँडी, डल्ले भुँडी, प्याल्टे भुँडी, घोप्टे भुँडी आदि। भुँडी बढ्नुको कारण पनि दिएका छन् उनले। धेरै खाएका, अघाएका, अर्जीण हुने गरी खान पाउनेहरू आदिको ठूलो भुँडी हुन्छ भन्ने उनको ठट्यौलो जवाफ छ। खाना खाने होइन, देशको बजेट खाने, भन्सारमा बसेर घूस खाने, रुपियाँदेखि डलर खाएर डकार्नेहरू उनको हास्यव्यंग्यका पात्र बनेका छन्।

साहित्यकार अर्यालको संकेतबाट के बुझिन्छ भने तत्कालीन सचेत समाजले भुँडेहरूलाई घुस्याहाको रूपमा बुझ्थ्यो। सँगसँगै बूढापाकाहरूका अनुसार, अर्कोखाले सोचाइ राख्नेले खान पाउने वर्गका रूपमा पनि बुझ्थे भुँडेहरूलाई। तीन दशकअघिसम्मको यस बुझाइमा अहिले भने निकै भिन्नता आएको छ। खान राम्रोसँग नसक्ने वा मिलाएर खान नजान्नेहरू भुँडे हुन्छन् भनेर बुझ्ने परपिाटी कमसेकम सहरमा स्थापित नै भइसकेको छ।

भुँडी लाग्ला भनेर डराएर बसेका, भुँडी लागेका सचेत वा अचेत र भुँडीका कारण आजित बनेका तमाम भुँडेहरू यतिबेला चिन्तामा छन्। सहरका दर्जनौँ क्लबहरूमा देखिने भीडले यही कुराको प्रमाण बोल्छन्। सक्नेहरू क्लब धाउँछन् र नसक्नेहरू कोही सडक-पेटीमा दौडन्छन् भने कोही घरमै बसेर रामदेव पुकार्छन्। लाइफ फिट्नेस बानेश्वरका एरोविक शिक्षक राम पाण्डेका अनुसार, ठूलो भुँडीले व्यक्तित्व बिगार्छ भन्ने कुरा आममानिसले बुझ्न थालेका छन्। भन्छन्, “यसैको प्रभाव हो, फिट्नेस सेन्टरहरूमा भुँडेहरू ओइरनिु।”

अहिले हेल्थ क्लब र फिट्नेस सेन्टरहरूको व्यापार राम्रैसँग फस्टाएको ठोकुवा गर्न सकिन्छ। स्टार होटलहरू स्िवमिङ् पुलमा सीमित छैनन्। उनीहरूले दैनिक व्यायामका सामग्रीले पनि होटलको आम्दानी बढाएका छन्। मासिक एक हजारदेखि सात हजार रुपियाँसम्म खर्चेर बिहान वा बेलुका क्लब पुग्नेको संख्या राजधानीमा मात्र हजारौँ रहेको अड्कल काट्न सकिन्छ। प्रायः सबै क्लबमा पाँच सयभन्दा बढी सदस्य रहेको तिनका सञ्चालकहरू बताउँछन्। जस्तो- चल्तीको महेन्द्र पुलिस क्लबमा १ हजार ५ सय सदस्य छन्। वल्र्ड ट्रेड सेन्टरको सहनाज हेल्थ क्लब, धापासीको नेचर क्लब, पुलचोकको हार्दिक फिटनेस सेन्टर र मित्रपार्कको लाइफ फिजिकल फिटनेस सेन्टरले आफ्नो क्लबको सदस्य संख्या पाँच सयभन्दा बढी रहेको जनाउँछन्। सञ्चालकहरूका अनुसार, पढेलेखेका, आम्दानी राम्रो भएका र स्वास्थ्यप्रति सचेतहरू क्लबमा आउँछन्। क्लबका सञ्चालकहरूको अनुभवले भन्छ, “राजधानी भुँडीमुक्त हुने अभियानमा छ।”

दाबी आ-आफ्नै

“२० वर्षपछि हिन्दुस्तानका हस्िपटल खाली हुनेछन्,” केही वर्षअघि स्वामी रामदेवले गरेको ठोकुवा गरेका थिए। योगको माध्यमले सबैलाई स्वस्थ बनाउने संकल्प बोकेका उनले पेट घटाउने लामै उपाय पनि सुझाएका छन्। उनको भनाइ पत्याउने हो भने योगले एक साताभित्रै मोटोपन घटाउन सुरु गर्छ। उनको सर्वेक्षण अनुसार, संसारका दुई सय करोड मानिस मोटोपनबाट पीडित छन्।

मोटोपन कसरी कम गर्ने भन्ने सम्बन्धमा रामदेवले एउटा ‘भीसीडी’ नै सार्वजनिक गरेका छन्। उनले योगलाई विज्ञानसम्मत भन्दै मोटोपन कम गर्ने ग्यारेन्टी दिएका छन्। मोटोपनको मुख्य कारण शारीरकि श्रमको अभाव ठान्छन् उनी। खानपानमा होसियार रही नियमित दैनिक दुई घन्टा योग गर्ने हो भने मोटोपन आफैँ हट्छ।

“गुलियो र घिउ कम खाऊ। बर्गर, पिज्जा, कोकाकोला, फास्टफुडमा ध्यान नदेऊ। खाना खाएको एक घन्टा पछि मात्र पानी खाऊ। नियमित योग गर।” रामदेवको मूलमन्त्र यही हो। तर, उनले योगको महत्त्व र अभ्यासलाई भने निकै जोड दिएका छन्। उनी खासगरी प्रणायाममा अभ्यस्त हुन आग्रह गर्छन्। प्रणायाममा पनि उनी कपालभाँती, अनुलम विलोम, अग्निसार, भ्रामरी आदि गर्नैपर्ने बताउँछन्।

मोटोपन कम गर्ने भन्दै खुलेका फिटनेस सेन्टर, हेल्थ क्लब र व्यायाम सामग्री बिक्रेताहरू पनि मोटोपन घटाउने ‘ग्यारेन्टी’ गर्न चुक्दैनन्। शरीरले प्राप्त गरेको क्यालोरी खर्च भएन भने मोटोपन बढ्छ भन्ने मान्यतालाई नै यिनीहरूले मूल मन्त्र बनाएका छन्। त्यसैले व्यायाम, हिँडाइ, साइकल कुदाइ र विभिन्न प्रकारका शारीरकि परश्रिमको माध्यमबाट क्यालोरी नाश गर्नुपर्छ भन्नेमा यिनीहरूको मत छ। फिटनेस सेन्टरमा लामो अनुभव सँगालिसकेका प्रशिक्षकद्वय कवीन्द्र कपाली र राम पाण्डे दुवैको एउटै दाबी छ, “एरोबिकले फिटनेस मात्र होइन, स्वस्थ पनि राख्छ।” ‘डाईटीसियन’हरूको मत पनि यस्तै नै छ। चिकित्सकहरू पनि खानपानमा ध्यान दिने र आवश्यक शारीरकि श्रम गर्नेलाई अनावश्यक मोटोपनले नछुने दाबी गर्छन्। अरू त अरू हातका मुद्रामार्फत पनि ज्यान घटाउने विधि छ। मुद्राविज्ञ विमल भट्टराई भन्छन्, “सूर्य मुद्राले मोटोपन कम हुन्छ।” आचार्य रजनीशले पनि मोटोपन घटाउने उपाय बताएका थिए। उनले भनेका थिए, “खाना खानेबित्तिकै तातोपानी खाएको खण्डमा वजन घट्छ।”

क्यालोरीका कुरा

वजन घटाउने कुरा गर्दा विज्ञहरूले खानपानमा ध्यान दिनुपर्ने सल्लाह दिन्छन्। उनीहरूको मतलब हो, क्यालोरी मिलाएर खानुपर्छ। क्यालोरी मिलाउनु भनेको खानामा प्राप्त हुने भिटामिनको हेक्का राख्नु हो। डाइटिसियन सुशीलादेवी शर्माका अनुसार, ४० वर्षमुनिका जवान पुरुषले दैनिक २ हजार ८ सय क्यालोरी प्राप्त गर्नुपर्छ भने यही उमेर समूहका महिलाले २ हजार २ सय क्यालोरी लिए पुग्छ। तर, ४० भन्दामाथि पुगेपछि प्रत्येक १० वर्षमा पाँच प्रतिशतका दरले क्यालोरी घटाउँदै लानुपर्छ भन्न पनि उनी छुटाउँदिनन्। धेरै व्यायाम गर्ने र व्यायाम नै नगर्नेहरूले क्यालोरी कम वा धेरै गर्न सक्छन्। क्यालोरी धेरै भए मोटाउने वा बोसो लाग्ने समस्या हुन्छ भने क्यालोरी अपुग भए कुपोषणले ग्रस्त बनाउन सक्छ।

क्यालोरी कसरी र केबाट लिन सकिन्छ भन्ने सम्बन्धमा एरोविक शिक्षक कवीन्द्र कपालीसँग लामो सूची छ। यसलाई सर्वसाधारणले बुझ्ने भाषामा उनी भन्छन्, “एक ग्राम प्रोटिन र कार्बोहाइड्रेटमा चार/चार क्यालोरी र एक ग्राम चिल्लो पदार्थमा नौ क्यालोरी पाइन्छ।” यही मुताबिक प्रत्येक एक सय ग्राममा पाइने क्यालोरीको सूची कपालीले तयार गरेका छन्। जस्तो- एक सय ग्राम चामलमा ७ दशमलव ५ ग्राम प्रोटिन, ७६ दशमलव ७ ग्राम कार्बोहाइडे्रट र एक ग्राम चिल्लो पदार्थ पाइन्छ। क्यालोरीको गणना गर्दा यही मुताबिक गर्न सकिने उनको राय छ -हेर्नूस्, बक्स)। तर, डाइटिङ् गर्नेले गलत मापन गररिहेको पनि उनी बताउँछन्। जस्तो- एक सय ग्राम चामललाई सीधै चार क्यालोरीले गुणा गरेर कार्बोहाइड्रेट हिसाब गर्ने चलन छ। भन्छन्, “चामलमा प्रोटिन र चिल्लो पदार्थको मात्रा पनि हुन्छ भन्ने कमैले बुझेका छन्।”

घटाउने विधि

गैँडा अर्थात् कलाकार निर्मल शर्माको दैनिकी अचेल फेरएिको छ। तीन महिनादेखि मित्रपार्कस्िथत लाइफ फिजिकल फिटनेस उनको नयाँ गन्तव्य बनेको छ। तीन महिनामा पाँच किलो वजन घटाएर १ सय ४ मा झारेको उनी बताउँछन्। क्लब मात्र धाउने मात्रै होइन, शर्माले शरीर घटाउनै खानपिन र व्यायामको छुट्टै विधि-तालिका नै तयार गरेका छन्। जस्तो- चार छाकमा एक छाक मात्र भात खाने। कुनैबेला दुई प्लेट मःम नखाई चित्त नबुझ्ने उनी यतिबेला प्रायः दही चिउरा, कर्नपmलेक्सलगायतका हलुका खानामा बानी बसाल्दै छन्। कलाक्षेत्रमा शर्माको परचिय नै मोटो शरीर हो। तर पनि उनी शरीर सुकाउने अभियानमा छन्। बिहान हिँड्ने, घरमै उपि|mने बानी उनले विकास गरेका छन्। भन्छन्, “सबैभन्दा ठूलो स्वास्थ्य हो अनि मात्र पैसा।” आफू ५ फिट ११ इन्चको भएकाले ८० देखि ८५ किलो तौल ठिक्क हुने पनि उनले बुझेका छन्।

निर्मल मात्र होइन, सहरमा अहिलेे ‘फिटनेस’प्रति लहर नै आएको छ। र, सबैले सिकाउने गरेको मन्त्र हो, खानपानमा सजगता र उचित व्यायाम। डाइटिसियन सुमित्रा खतिवडाका अनुसार, अहिलेको पुस्ता प्राकृतिक रूपमै आफूलाई स्िलम भएको भन्न रुचाउँछ। भन्छिन्, “धेरै युवकयुवतीले गररिहेको ‘डाइटिङ्’बारे अरूलाई जानकारी दिँदैनन्।”

तर, के व्यायाम र डाइटिङ्ले मात्र घटाउला भुँडी ? जवाफ एउटै छैन। सामान्यतया मोटोपन तीन प्रकारले हुन्छ। पहिलो- खानपान र जीवनशैली, दोस्रो- वंशानुगत र तेस्रो- ‘थाइराइड’। डाक्टर रवीन्द्र पाण्डेका अनुसार, पछिल्ला दुईखाले मोटाइलाई व्यायाम र खानपिनको सचेतताले मात्र घटाउन सकिँदैन। चिकित्सकीय उपचारबाहेकले ज्यान घटाउन सक्ने उपाय खोज्नेहरू लगनशील भएको खण्डमा सफलता मिल्ने पनि विज्ञहरू बताउँछन्। जस्तो डाइटिङ्को प्रश्न पनि त्यति सजिलो छैन। किनभने, डाइटिङ्मा उचाइ, तौल, आनीबानी आदिले कति खाने र के खाने भन्ने कुरा निर्धारण गर्छन्। वजन घटाउने भन्ने कुरा शरीरमा रहेको बोसोसँग सम्बन्धित छ। यसलाई दैनिक उपभोग गरेको क्यालोरी ह्रासले कम गर्छ। योगका आसन, व्यायाम, डाइटिङ् आदिले यही काम गर्ने चिकित्सकहरू बताउँछन्।

‘रोगको भण्डार हो, भुँडी’

डा ललितकुमार मिश्र

चिकित्सकीय आँखाले हेर्दा ठूलो भुँडी हुनु रोगी हुनुको संकेत हो। मोटोपनलाई खासगरी तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ। भुँडी लाग्ने पहिलो कारण खानपान र जीवनशैली नै हो। दोस्रो, वंशानुगत मोटोपन। र तेस्रो, थाइराइड। थाइराइड भनेको मोटाउने रोग हो। यीमध्ये दोस्रो र तेस्रोको उपचार आममानिसको बसमा छैन। थाइराइडको उपचार चिकित्सकले नै गर्नुपर्ने हुन्छ। वंशानुगत मोटाको उपचार खानपान र जीवनशैलीले नियन्त्रण गर्न त सक्छ तर निर्मूल गर्न सक्दैन। तर, पहिलो कारणले हुने मोटोपनलाई चाहिँ हामी निर्मूल गर्न सक्छौँ।

खासगरी खानाबाट प्राप्त शक्ति खर्च नभएर शरीरमा जम्मा हुने हो। शारीरकि परश्रिमको अभावमा यस्तो हुने गर्छ। यसका लागि शरीरलाई चाहिने क्यालोरी मिलाएर खाँदा र त्यसै मुताबिकको व्यायाम गरे पुग्छ। जतिबेला पनि खाइरहने र पचाउन गाह्रो हुने कुरा खाने गर्नाले पनि मोटोपन वा पेट बढ्ने हुन्छ। खानपानमा सचेतता र व्यायाम गर्ने जाँगर यसका लागि प्रमुख सर्त हुन्।

व्यायामका लागि मानिस किन जाँगर देखाउँदैनन् भन्दा विज्ञानले हरेक कुरा सजिलो बनाइदिएको छ, बसीबसी गर्न। हिँड्नुसमेत पर्दैन। तर, अल्छी गरेबापत बढेको बजनले घुँडा र कम्मर दुख्ने, उच्च रक्तचाप हुने, पायल्स हुने, मुटुमा समस्या आउने, घुर्ने समस्या देखिने, स्वाँस्वाँ बढ्ने आदि रोगले सताउँछ भन्ने थाहा भयो भने पक्कै अल्छी भाग्छ होला।

तर, खानपान र व्यायामको प्रश्न त्यति सजिलो छैन। मानिसको उमेर, उचाइ र तौल अनुसार हरेकका लागि बजन घटाउने भिन्न उपाय हुन सक्छन्।

महिलाहरूमा मासिक धर्म बन्द भएपछि पनि मोटोपनले समात्न सक्छ।

‘भुँडी घटाउनै भनेर आउँछन्’

प्रवीण खनिया

हेल्थ क्लब सञ्चालनमा ल्याएको नौ महिनामा नै पाँच सय सदस्य बनाउन सकेका छौँ। नियमित क्लब आउने पनि डेढ सयभन्दा बढी छन्। रमाइलो त के छ भने यीमध्ये ९० प्रतिशतचाहिँ मोटोपन वा पेट घटाउनका लागि भनेर आउँछन्। नियमित रूपमा व्यायाम गर्ने र हामीले भनेबमोजिमको खानपान गर्नेलाई तीन महिना लागेको छ, पाँच किलो तौल घटाउनलाई। तौल घटाउने सबैभन्दा राम्रो गति पनि यही हो।

सदस्य हुन आउनेमध्ये २५ वर्ष उमेरका ४२ जना मात्र छन्। उनीहरू मोटाउने र पेट बढ्ने भयले आएका हुन्। क्लब आउनेमा २६ देखि ३० वर्ष उमेर समूहका धेरै छन्। ३ सय ६ जना छन् यो उमेर समूहमा। ३६ देखि ५० वर्ष उमेर समूहका १ सय ५० जनाजति छन्। महिलाहरू ३० प्रतिशतजति छन्। यी सबैका आ-आफ्नै कारण छन्, क्लब धाउनुमा। सामूहिक कारणचाहिँ मोटोपन हो। त्यसमा पनि पेट घटाउन धेरैजसो आएका छन्।

पेटले हुने समस्या धेरै छन्। आउनेमध्ये धेरैजसो समस्या भइसकेपछि वा हुन थालेपछि आउँछन्। स्वाँस्वाँ बढ्ने, मुख गनाउने, असुहाउँदो देखिने, उच्च रक्तचाप भएकाहरू धेरै आएका छन्। यीमध्ये कतिपय विवाहितहरू पेटका कारण यौन सम्पर्कमा समस्या देखिएपछि पनि आएका छन्। पेट आफँैमा रोग होइन होला। तर, यसले रोग थोपर्न सक्छ भन्नेमा चाहिँ आममानिस सहमत छन्। यस्तो सचेतता कलाकर्मीमा बढी छ। पेसाकर्मीमा अर्थसँग सम्बन्धितहरू बढी आउँछन्। क्लबमा आउन खर्च चाहिने हुनाले कम आम्दानी हुनेहरू आउँदैनन्। प्रायः राजनीतिज्ञहरू भुँडे छन्। तर, तीमध्ये अधिकांश यस सवालमा सचेत देखिँदैनन्।

भुँडीले ल्याउने रोग

स्वाँस्वाँ बढ्ने

घुँडा र कम्मर दुख्ने

हड्डी खिइने

कब्जियत हुने

ग्यास्टिकले समाउने

डिप्रेसन

पायल्स

उच्च रक्तचाप

मुटुको रोग

मधुमेह

एक सय ग्राममा के कति ग्राम ?

खाना प्रोटिन कार्बोहाइड्रेट चिल्लो

चना १७.१ ६०.९ ५.३

चामल ७.५ ७६.७ १

गहुँ १२ ६० १.७

भटमास ४३.२ २०.९ १९.५

काउली २.६ ४ ०.४

आलु १.६ २२.६ ०.१

गाजर ०.९ १०.६ ०.२

रामतोरिया १.९ ६.४ ०.२

तोरीको साग ४ ३.२ ०.६

मुङको दाल २४.५ ५९.९ १.२

आलु १.६ २२.६ ०.१

खसीको मासु १८.५ ० १३.३

लोकल कुखुरा २५.९ ० ०.६

पनिर १८.३ २०.८ १.२

पोकाको दूध २.५ ४.५ ०.१

भैँसीको दूध ४.३ ५ ६.५

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.