दिप को संसार

We provide what you want

  • श्रीमद भागवद गीता

  • Photo of the Day

  • RSS www.bbc.co.uk/nepali

  • Watch Kantipur TV online

  • Nepal Online Shop

    Online Shopping
  • Cybersansar.com

    CyberSansar
  • Nepali Tube

    Nepali  Tube
  • Kantipur FM

  • …………………………


    Kamana
  • …………………………

  • Watch videos at Vodpod and other videos from this collection.
  • Flickr Photos

    daydreams

    _DSF0260.jpg

    Nature's Spectrum

    Swing in Pink

    Monarch Proyect

    More Photos
  • Page hits

    • 30,169 hits
  • Important Number of Nepal

    Jaru ri number

यस्तो छ पाँच सय डलर पर्ने एनआरएन आईडी

Posted by dipakt on फ़रवरी 17, 2010

दोहोरो नागरिकता माग्दै आएका एनआरएनले विशेष सुविधा पाउने गरी नेपाल सरकारले हिजोदेखि बाँड्न थालेको एनआरएन परिचय पत्र यस्तो देखिन्छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गुपचुप रुपमा सबैभन्दा पहिला आफ्नी छोरीलाई र सार्वजनिक रुपमा एनआरएन अध्यक्ष देवमान हिराचनलाई यो परिचय पत्र बाँडेकी हुन्। परिचय पत्र अंग्रेजी र नेपाली दुवै भाषामा छ र यसमा नागरिकता नम्बर र पासपोर्ट नम्बर पनि उल्लेख छ। यो ‘विदेशमा बस्ने नेपाली नागरिक’ परिचय पत्र हो। नपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेका एनआरएनहरुले पनि यस्तो परिचय पत्र पाउने छन्। उनीहरुको परिचय पत्रमा ‘नेपाली मूलका विदेशी नागरिक’ लेखिएको हुन्छ। यस्तो परिचय पत्र बोक्ने एनआरएनले नेपाल आउन पहिले जस्तै हरेक पटक भिसा लिनु पर्ने छैन। नेपाली नागरिकता त्यागिसकेका अर्थात् विदेशी नागरिकता लिइसकेका नेपाली मूलका व्यक्तिले यस्तो परिचय पत्र लिन पाँच सय डलर शुल्क तिर्नुपर्ने रहेछ।

सार्क मुलुक बाहेक अरु देशमा दुई वर्ष बसेकाले यस्तो एनआरएन आईडी पाउने छन्। नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको मात्रर हने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्नेछन्।

पढ्न, तालिम लिन गएका, विदेशस्थित नेपाली नियोगमा काम गरिरहेका र सार्क क्षेत्रमा बसोबास गर्दै आएकाले भने परिचयपत्र पाउने छैनन्।

एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

सस्तो पर्छ भन्दै विदेशी नागरिकता लिएर पनि ‘विदेशमा रहेका नेपाली नागरिक’को रुपमा एनआरएन आईडी लिनुभयो र केही गरी तपाईँले विदेशी नागरिकता लिनुभएको पत्ता लाग्यो भने तपाईँको एनआरएन आईडी खोसिनेछ। वा बीचमा तपाईँले विदेशी नागरिकता लिनुभयो भने पनि तपाईँको एनआरएन आईडी खोसिनेछ र यसवापत् पाइने सुविधा पाउनु हुनेछैन। तपाईँले नेपाली मूलका विदेशी नागरिकको अर्कै परिचय पत्र लिनुपर्नेछ।

एनआरएन ऐनमा के छ?
नेपाली मूलको विदेशी नागरिक भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु,आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनुपर्छ।

विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोबास गरेको, नेपाल सरकारबाट खटिई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्यदूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तिमा दुई वर्ष बसोबास गरेको नेपाली नागरिक सम्झनुपर्छ।

के के सुविधा पाइन्छ त यो कार्ड भएपछि ?
- नेपाल आउन भिसा लिनुपर्दैन।
-काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी जग्गा किन्न पाउँछन्।
-तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्ममा घरजग्गा किन्न पाउँछन्।
-पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।
-तराईका गाविसमा एक बिगाहा र अन्यत्र दश रोपनीसम्म घरजग्गा किन्न पाउँछन्।
-नेपालमा प्रत्यक्ष लगानी गर्न पाउँछन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.