दिप को संसार

We provide what you want

मोटरसाइकल दुर्घटनामा नायिकाको मृत्यु

Posted by dipakt on फ़रवरी 4, 2010

मधुसुधन गुरागाईं, बनेपा, माघ २१- काभ्रेको मंगलटारमा अधिकार नामक चलचित्रको सुटिङ सकेर काठमाडौ फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी नायिका महिमा (लक्ष्मी) पोखरेलको मृत्यु भएको छ। धम्बोजीचोक, नेपालगञ्ज स्थायी घर भएकी उनी काठमाडौं कालोपुल बस्दै आएकी थिइन्।

बिपी राजमार्गको काभ्रे, ट्याङ्की भन्ने ठाउँमा नायिका पोखरेल सवार बा २१ प ५५०२ नम्बरको पल्सर मोटरसाइकललाई बा २ प १६०८ नम्वरको ट्रिपरले ओभरटेक गर्दा ठक्कर दिएपछि दुर्घटना भएको हो। मोटरसाइकललाई ठक्कर दिँदा पोखरेल सडकमै खस्दा उनलाई ट्रिपरले किचेको स्थानीय प्रत्यक्षदर्शीले बताए। मोटरसाइकलबाट खसेर बाटोको छेउमा उछिटिट्एका चालक दिनेश खड्का भने गम्भीर घाइते भएका छन्।

काभ्रेली कलाकर्मी मञ्च र एसएस फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको उक्त फिल्ममार्फत् पोखरेल नायिकाको भूमिकामा आउन लागेकी थिइन्।

घाइते मोटरसाइकल चालक खड्काको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.