दिप को संसार

We provide what you want

  • श्रीमद भागवद गीता

  • Photo of the Day

  • RSS www.bbc.co.uk/nepali

  • Watch Kantipur TV online

  • Nepal Online Shop

    Online Shopping
  • Cybersansar.com

    CyberSansar
  • Nepali Tube

    Nepali  Tube
  • Kantipur FM

  • …………………………


    Kamana
  • …………………………

  • Watch videos at Vodpod and other videos from this collection.
  • Flickr Photos

    float

    Ice and a Slice

    Night Dance

    two

    Raper Creek Falls

    More Photos
  • Page hits

    • 30,179 hits
  • Important Number of Nepal

    Jaru ri number

नौ वर्षीया बालिकाले बच्चा जन्माइन्

Posted by dipakt on फ़रवरी 4, 2010

बेइजिङ, माघ २० (द टेलिग्राफ)- चीनमा एक ९ वर्षीय स्कूले छात्राले ६ पाउण्डको बच्चा जन्माएकी छिन्। शल्यक्रिया गरेर शिशु निकालिएको उनी विश्वकै सबैभन्दा कम उमेरकी आमामध्ये एक हुन्।

उत्तर पूर्वी प्रान्त जिलिनको चाङचुनस्थित अस्पतालमा ती बालिकाले साढे ८ महिनाको गर्भधारणपछि जनवरी २७ मा बच्चा जन्माएको स्थानीय समाचारपत्रहरूले जनाएका छन्।

सिटी न्यूज समाचारपत्रका अनुसार ती बालिका र उनको बच्चाको अवस्थामा राम्रो छ।

तर उनको अभिभावकले त्यसबारे प्रहरीमा उजुरी दिएका छन्। चीनको कानुनमा १४ वर्षभन्दा कम उमेरका बालबालिकासँगको यौन सम्बन्धलाई बलात्कार मानिन्छ।

अस्पतालको एक नर्सले सो बालिकाका परिवार सोङयुनको भएको बताएकी छिन्। उनले ती केटी ‘वयस्क’ जस्तो देखिने भए पनि उनी कसरी गर्भवती भइन भन्ने नखुलेको बताइन्। अस्पतालले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

चीनले बालबालिकालाई कम उमेरमा यौन गतिविधिमा संलग्न हुनबाट जोगाउन देशव्यापी अभियान संचालन गरेको छ र इन्टरनेटमा यौनसम्बन्धी विषयवस्तुमाथि प्रतिबन्ध लगाएको छ। माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच यौनसम्पर्क भएको भेटे विद्यालयबाट निलम्बन वा निस्कासन गर्ने गरेको छ।

आलोचकहरुले किशोरी अवस्थामै गर्भपतन गर्नेको संख्या तीब्ररूपमा बढे पनि उपयुक्त यौन शिक्षाको आवश्यकतामा जोड दिएका छन्।

सांघाईको एउटा अस्पतालको तथ्यांकले गर्भपतन गराउनेमध्ये एक तिहाइ स्कुले विद्यार्थी रहेको देखाएको छ।

गत वर्ष, चोङक्विङ सहरस्थित एउटा क्लिनिकले विद्यार्थी परिचय पत्र भएकालाई गर्भपतन गर्न आधा छुट दिने विज्ञापन जारी गरेपछि त्यसको आलोचना भएको थियो।

पेरुकी एक ५ वर्षे बालिकाले सन् १९३९ मा बच्चा जन्माएकी थिइन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.